काठमाडौँः साताको पाँचौ कारोबार दिन बिहिबार सुनको मूल्य बढेको छ। आज सुनको भाउ तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १६० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।


