काठमाडौँः नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन बिहिबार छापावाल सुन तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी ५ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।


