काठमाडौँ: साताको पहिलो कारोबार दिन सुनको मूल्यमा उच्च वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँ बढेर प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबार सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदीको मूल्य तोलामा ३७५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ४२५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।


