काठमाडौँः माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुनकुमार गौतम नियुक्त भएका छन् ।
संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने अनिष साहले दिएको राजीनामा बैंक सञ्चालक समितिको बैठकले शुक्रबार स्वीकृत गरेसँगै स्वतन्त्र सञ्चालकमा गौतम नियुत्त भएका हुन् । गौतम लेखा व्यवसायी हुन्।
कर्मचारी सञ्चय कोषबाट अवकाश पाएपछि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका गौतमको चार वर्षे कार्यकाल गत वैशाखमा सकिएको थियो।


