काठमाडौँः साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि सुनको मूल्य बढेको छ। आज सुन तोलामा १३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको छ।


