काठमाडौँः साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २१.६२ अंकले बढेर २ हजार ६३८.६० विन्दुमा बन्द भएको हो।
आज ९३ लाख ६४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ६ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
सालपा विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ। सो कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


