काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको तरलता व्यवस्थापन गर्नका लागि बुधबार बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले उक्त रकम ८८ दिनका लागि बोलकबोल प्रक्रियामार्फत उठाउन लागेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव आह्वान गरेको छ। बोलकबोल आज बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत सञ्चालन हुनेछ।
राष्ट्र बैंकले उठाएको साँवा तथा ब्याज जेठ १० गते भुक्तानी गर्ने जनाएको छ।
केन्द्रीय बैंकका अनुसार, यसअघि निक्षेप सङ्कलन उपकरणमार्फत खिचिएको ४ खर्ब ७८ अर्ब रुपैयाँ अझै परिपक्व हुन बाँकी रहेको छ।


