काठमाडौँः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा १३० रुपैयाँले बढेर छ । आज चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँ कायम भएको छ ।


