२०८३ कार्तिक १४ गते शुक्रबार

आरवाईडी नेपालले अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउँदै, एक सय बाइकमार्फत सेवा विस्तार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १४
New Project – 2026-02-26T115424.745

काठमाडौँः सवारी साधन सेवा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको आरवाईडी नेपालले सेवाको गुणस्तर थप सुदृढ गर्न अत्याधुनिक वर्कसप सञ्चालनमा ल्याउने भएको छ। ग्राहकलाई गुणस्तरीय तथा छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो पूर्वाधार विस्तार गर्दै कपनमा छिट्टै वर्कसप सञ्चालन गर्ने तयारी गरेको हो।

सुरुवाती चरणमा हिरो सुपर स्प्लेन्डर का ५० वटा बाइकबाट सेवा सुरु गरेको कम्पनीले हाल आफ्नो क्षमता विस्तार गरी १ सय वटा बाइक पुर्‍याएको जनाएको छ।

कम्पनीका अनुसार नयाँ अत्याधुनिक वर्कसप सञ्चालनमा आएपछि बाइकहरूको नियमित मर्मत–सम्भार सहज हुने, सुरक्षा स्तर बढ्ने तथा कार्यक्षमतामा सुधार आउने अपेक्षा गरिएको छ।

आरवाईडी नेपाल काठमाडौंका सडकमा हजारौँ युवालाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यसहित नयाँ बाइक भाडामा उपलब्ध गराउने प्लेटफर्म हो। कम्पनीले बजारमा रहेका पुराना तथा जीर्ण बाइकभन्दा फरक, ब्रान्ड–न्यू बाइकहरू मात्र भाडामा उपलब्ध गराउने नीति लिएको छ, जसले राइडरलाई मर्मत खर्च र अनावश्यक झन्झटबाट मुक्ति दिने विश्वास गरिएको छ।

राइडरहरूले पहिलो दिनदेखि नै कमाइ सुरु गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। कम्पनीले प्रतिदिन ८०० रुपैयाँ मात्र भाडा तोकेको छ, जसमा कुनै लुकेको शुल्क वा अतिरिक्त जटिलता नरहेको स्पष्ट पारिएको छ।

यसैगरी, कम्पनीले डेढ वर्षभित्र आफ्नै बाइकको मालिक बन्न सक्ने मोडलसमेत तयार गरेको छ, जसले राइडरहरूको भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राइडरहरूलाई सुरुवातमै हेल्मेट, फोन होल्डर, रेनकोट तथा एकपटक सगुनस्वरूप १ हजार ५०० रुपैयाँ बराबरको पेट्रोल उपलब्ध गराइने कम्पनीले जनाएको छ।

आरवाईडी नेपालको उद्देश्य केवल बाइक भाडामा दिने कम्पनी बन्नु मात्र नभई राइडरहरूको भविष्य निर्माण गर्ने प्लेटफर्मका रूपमा स्थापित हुनु हो। राइडरलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूले भोग्ने समस्याको समाधानमा कम्पनी अभिभावकको भूमिकामा रहने प्रतिबद्धता जनाएको छ। सुरक्षित र झन्झटरहित यात्राको सहयात्री बन्न कम्पनी प्रतिबद्ध रहेको बताइएको छ।

प्रकाशित: २०८२ फाल्गुण १४ गते बिहिबार ११:५९
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना