२०८३ कार्तिक १४ गते शुक्रबार

एक अर्ब लगानीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ भवन निर्माण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १४
photo-9_cf8caad5

काठमाडौँ: आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेकराज ढकालले कम्पनीको नवनिर्मित भवन उद्घाटन गरिएको जानकारी दिएका छन्। भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १२ तले उक्त भवन करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको र निर्माणमा झण्डै १ अर्ब रुपैयाँ लगानी भएको बताए।

उनले कम्पनीको आफ्नै भवन निर्माण हुनुले संस्थागत पहिचान मजबुत बनेको अनुभूति भएको बताए। ‘कम्पनीको आफ्नै भवन बनाउन पाउँदा हामी आभारी छौं। यसले कम्पनी स्थापित भएको अनुभूति दिलाएको छ, आइजीआईको बिल्डिङ चाँही १२ तलाको हो। झण्डै ६० हजार वर्गफिट टोटल एरिया छ। यसको लगानी झण्डै सबै गरेर १ अर्ब जति खर्च भएको छ। कम्पनी र व्यक्तिको हिसावले हेर्दाखेरी कम्पनीको आफ्नै भवन बनाउन पाउँदा आभारी समेत छौं ,’ उनले भने।

अध्यक्ष ढकालले पछिल्लो समय नेपालको बीमा बजार तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै बीमा क्षेत्र अहिले परिपक्व अवस्थामा पुगेको बताए। उनले स्वदेशमै सीमित नरही बीमा कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।

यसैगरी उक्त भवन उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि विस्तार भएमा रोजगारी सिर्जना हुने धारणा व्यक्त गरे। उनले व्यवसायले सेवा विस्तार, पूर्वाधार विकास तथा समग्र अर्थतन्त्र सुदृढ बनाउन योगदान पु¥याउने उल्लेख गरे।

उनले भने, ‘व्यवसायिक एक्टिभिटीहरु बढ्यो भने चाँही रोजगारी सिर्जना हुन्छ। त्यसले दिने सर्भिस, विकासका पूर्वाधारहरु र आभोरल अर्थतन्त्र बढाउन मद्दत पुर्याउँछ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि यसरी नै अगाडि बढ्नुपर्छ।’

उनले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि आगामी दिनमा व्यवसाय विस्तार गर्दै आर्थिक विकासमा थप योगदान दिनुपर्ने बताएका छन्।

प्रकाशित: २०८२ फाल्गुण १४ गते बिहिबार ०२:२४
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना