काठमाडौँः आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ। आज परिसूचक नेप्से १९.२७ अकंले बढेर २६७४.२० बिन्दुमा बन्द भएको हो।
यसदिन कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब १७ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ५ अर्ब ६४ करोड रूपैयाँमा पुगेको छ।
आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको हो।
यसदिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आज सालपा विकास बैंक र रिलायन्स मिल्सको सेयरमा सकारात्मक सर्किट लागेको हो। साथै, रिडी विद्युतको कारोबार उच्च भएको छ। उक्त कम्पनीको मात्र ३६ करोडको कारोबार भएको हो।


