काठमाडौँ: नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ। सोमबार ५ हजार १०० रुपैयँँले बढेको सुनको मूल्य मंगलबार तोलामा २ हजार ५०० बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएकाृ थियो ।
आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो।







