काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्ने भएपछि सेयर बजारमा उछाल आएको छ। सोमबार ११ः३३ मा सेयर बजार १३५.५ अंक बढेको छ। यो पाँच प्रतिशत वृद्धि हो।
सोमबार दुई सय ४१ कम्पनीको सेयर मूल्य बढ्दा एउटाको मात्र घटेको छ। फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, नेपाल बैंक, हिमाल दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावरलगायत १५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ। अहिले ४० मिनेटका लागि कारोबार रोकिएको छ।


