२०८३ कार्तिक २३ गते आईतबार

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २६
IPO

काठमाडौँ: शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सो मध्ये ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो भने २ लाख २२ हजार कित्ता सेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको थियो।

यसैगरी १ लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ। अब कम्पनीले दोस्रो चरणमा कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता सेयर छुट्याई बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरको कुल मूल्य १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित: २०८२ फाल्गुण २६ गते मङ्गलबार ०१:४६
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना