काठमाडौँः साताको दोस्रो कारोबार दिन (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २६.०७ अंक घटेर २७९८.८३ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ९० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
त्यस्तै, यस दिन होटल फरेष्ट इनको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६८ करोड ७७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


