काठमाडौँः मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १३.५१ अंक बढेर २८१२.३४ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ११ अर्ब ९७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँबराबरको ३ करोड ४८ लाख ५२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज पनि ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


