२०८३ कार्तिक १४ गते शुक्रबार

पर्यटक प्रहरीलाई पर्यटन बोर्डले दियो १४ वटा मोटरसाइकल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ५
photo-8_26af207e

काठमाडौँ: पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ। नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थितिमा मोटरसाइकल हस्तान्तरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव निरौलाले पर्यटक सुरक्षालाई पर्यटन विकासको आधारभूत स्तम्भको रूपमा व्याख्या गर्दै भने, ‘पर्यटक सुरक्षित भए मात्र गन्तव्य विश्वसनीय बन्छ। आज हस्तान्तरण गरिएका यी साधनहरूले पर्यटक प्रहरीको पहुँच र प्रतिक्रिया क्षमतालाई थप प्रभावकारी बनाउने विश्वास लिएको छु।’ उनले नेपाललाई सुरक्षित, विश्वसनीय र जिम्मेवार पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरेका छन्।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत जोशीले बोर्डले पर्यटन पूर्वाधार र सेवा सुदृढीकरणमा निरन्तर काम गरिरहेको उल्लेख गरे। उनले भने, ‘पर्यटक प्रहरीलाई सशक्त बनाउनु भनेको समग्र पर्यटन प्रणालीलाई बलियो बनाउनु हो। यी मोटरसाइकलहरूले दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रहरूमा छिटो सेवा प्रवाह गर्न मद्दत पु¥याउनेछन्।’

त्यसैगरी पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हस्तान्तरणप्रति आभार व्यक्त गर्दै यसले पर्यटन क्षेत्रमा आकस्मिक उद्धार तथा संकट व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। ‘यसले पर्यटकको विश्वास अभिवृद्धि गर्नुका साथै नेपालको पर्यटन छविलाई अझ सकारात्मक बनाउनेछ,’ उनले भने।

कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, बोर्ड सदस्यहरू नरेन्द्रदेव भट्ट र राजेन्द्र लामा, साथै पर्यटक प्रहरी प्रमुख डीएसपी कृष्णराज ओझा लगायतको उपस्थिति रहेको थियो।

नेपालमा पर्यटक प्रहरीलाई विशेष सुरक्षा निकायका रूपमा परिचालन गर्दै पर्यटकहरूको सुरक्षादेखि लिएर सूचना, सहयोग तथा उद्धारसम्मका कार्यहरू गर्दै आएको छ। नयाँ सवारी साधनको उपलब्धतासँगै पर्यटक प्रहरीको सेवा प्रवाह अझ तीव्र र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ चैत ५ गते बिहिबार ०२:२३
प्रतिक्रिया

थप समाचार

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौँ: रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको...

भोटेकोशी बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा

काठमाडौँ: भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले संकलन थालेको छ। बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना