२०८३ कार्तिक २३ गते आईतबार

आईपीओ ल्याउन नपाएपछि ऊर्जा बन्डबाट २० अर्ब उठाउने विद्युत प्राधिकरणको तयारी

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, चैत ९
nea_building

काठमाडौं। सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ठूला जलविद्युत आयोजनाहरू बनाउन आवश्यक पुँजी जुटाउन ऊर्जा ऋणपत्र (इनर्जी बन्ड) जारी गर्ने भएको छ।

प्राधिकरणले नयाँ रणनीतिअनुसार तत्काल साधारण सेयर (आईपीओ) भन्दा बण्ड निष्कासनलाई प्राथमिकता दिएको हो।

सुरुमा सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने चर्चा भए पनि प्राविधिक, कानूनी र संरचनागत जटिलताका कारण प्राधिकरणले छोटो अवधिमा बन्डमार्फत स्रोत परिचालन गर्ने निष्कर्षमा पुगेको हो।

यसअघि विद्युत प्राधिकरणले १७ वर्षअघि ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना बनाउन एक अर्ब ५० करोड रुपैयाँको ऊर्जा ऋणपत्र जारी गरेर लगानी जुटाएको थियो।

विद्युत प्राधिकरणले चुक्ता पुँजी तीन खर्ब रुपैयाँ कायम गरी त्यसको २० प्रतिशतका दरले हुन आउने ६० अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्ने योजना सार्वजनिक गरेको थियो। त्यसबेला प्राधिकरणले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने जानकारी दिएको थियो।

नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार प्राधिकरणका पुर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँगको छलफलमा बोर्डले आईपीओभन्दा बन्ड निष्कासन उपयुक्त हुने सुझाव दिएको थियो।

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्राधिकरण हाल ‘कम्पनी’ संरचनामा नरहेको र यसको पुँजी संरचना निकै ठूलो भएकाले तत्काल आईपीओमा जान कानुनी तथा व्यवस्थापकीय रूपमा जटिल हुने धारणा राखेका थिए।

बोर्ड स्रोतका अनुसार आईपीओ जारी गर्नुअघि प्राधिकरणलाई कम्पनी मोडलमा रूपान्तरण, लेखा प्रणाली परिमार्जन, नियामकीय मापदण्ड पूरा गर्नुपर्ने लगायतका प्रक्रिया आवश्यक पर्छन्। “यदि तत्काल परियोजनाका लागि रकम आवश्यक छ भने बन्ड प्रभावकारी र व्यवहारिक विकल्प हो,” बोर्ड स्रोतले नेपाल क्लिक्सलाई बतायो।

२० अर्बको ऊर्जा बण्ड तयारी

मन्त्रिपरिषद्को स्वीकृतिपछि प्राधिकरणले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र चरणबद्ध रूपमा निष्कासन गर्ने तयारी अघि बढाएको छ। असोज २३ गतेको मन्त्रिपरिषद बैठकले बन्ड जारी गर्न स्वीकृति दिएको थियो।

प्रारम्भिक योजना अनुसार फागुनभित्रै बन्ड निष्कासन गर्ने लक्ष्य राखिएको थियो। तर, आन्तरिक कागजी प्रक्रिया, प्राविधिक तयारी र केही व्यवस्थापकीय कारणले चैतसम्म आइपुग्दा पनि निष्कासन हुन सकेको छैन।

प्राधिकरणका एक कर्मचारीका अनुसार आवश्यक कागजात नमिलेकाले प्रक्रिया केही समयका लागि रोकिएको छ। यद्यपि बन्ड निष्कासनको योजना स्थगित नभई ढिलाइ मात्र भएको हो।

कहाँ खर्च हुन्छ उठेको रकम?

उक्त बन्डमार्फत संकलन गरिने २० अर्ब रुपैयाँ मुख्यतः ठूला जलविद्युत आयोजनाहरूमा लगानी गरिने भएको छ। पछिल्लो दशकमा प्राधिकरणले सिधै आफूले नभई सहायक कम्पनीमार्फत जलविद्युत आयोजना बनाइरहेको छ।

विशेषगरी १०६३ मेगावाटको माथिल्लो अरुण, १०० मेगावाटको तामाकोसी–५, २१० मेगावाटको चैनपुर सेती जलविद्युत र ४२ मेगावाटको माथिल्लो मोदी जलविद्युत आयोजनामा लगानी गर्ने योजना बनाएको छ।

विद्युत प्राधिकरणले ६० अर्बको आईपीओ ल्याउने, स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव

यी आयोजनाहरूमा लगानी अभाव हुन नदिन चरणबद्ध रूपमा बण्ड निष्कासन गर्ने रणनीति सरकारले स्वीकृत गरिसकेको छ।

साथै, प्राधिकरणले २० अर्ब रुपैयाँमध्ये केही रकम अन्य प्राथमिकताप्राप्त आयोजनाहरूमा अस्थायी रूपमा प्रयोग गर्न अनुमति माग्दै अर्थ मन्त्रालयसँग छलफल गरिरहेको बताइएको छ।

आईपीओ किन पछि सर्यो?

यसअघि प्राधिकरणले कुल सेयरको करिब १० प्रतिशत सर्वसाधारणलाई बिक्री गरेर ६० अर्ब रुपैयाँभन्दा बढी पुँजी जुटाउने लक्ष्य राखेको थियो।

तर, वर्तमान संरचनामा आईपीओ जारी गर्न कानुनी स्पष्टता, सम्पत्ति दायित्व मूल्यांकन (डीडीए), स्वामित्व संरचना पुनःव्यवस्था जस्ता विषय चुनौतीका रूपमा देखिएका छन्।

सहायक कम्पनीमार्फत आउन सक्छ आईपीओ

प्राधिकरण समग्रको आईपीओ तत्काल सम्भव नभए पनि आयोजना विशेषका लागि सहायक कम्पनीमार्फत आईपीओ ल्याउने सम्भावना भने खुला छ। अहिले नेपालका धेरै जलविद्युत कम्पनीहरूले यही मोडल अपनाएर सर्वसाधारणबाट लगानी जुटाइरहेका छन्।

यसले एकातर्फ लगानीकर्तालाई प्रत्यक्ष परियोजनामा सहभागी गराउँछ भने अर्कोतर्फ मूल संस्थालाई कानुनी जटिलता कम गर्न सहयोग पुर्याउँछ। विद्युत प्राधिकरणको लगानीमा विद्युत उत्पादन कम्पनी, विद्युत व्यापार कम्पनी, राष्ट्रिय प्रसारण तथा ग्रिड कम्पनी लिमिटेड गठन भइसकेको छ।

कसले लगानी गर्न पाउने?

ऊर्जा बन्डमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, म्युचुअल फण्ड तथा संस्थागत कोषहरू—जस्तै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषले लगानी गर्न पाउनेछन्। यसबाट बजारमा रहेको ठूलो बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। यि कोषहरुमा अर्बौं रुपैयाँ बचत रहेको छ।

हालसम्म बण्ड निष्कासनको निश्चित मिति सार्वजनिक गरिएको छैन। आन्तरिक तयारी पूरा भएसँगै निकट भविष्यमा निष्कासन प्रक्रिया अघि बढ्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २०८२ चैत ९ गते सोमबार ०८:१३
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना