काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार समान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ५.०१ अंकले बढेर दुई हजार ९३६.५६ अंकमा बजार बन्द भयो।
यसदिन चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ।
आज ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ८ वटा कम्पनीको सेयरमूल्य स्थिर छ । यस दिन सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ। बैंकको ६७ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


