काठमाडौँः नेपाल बीमा प्राधिकरणले हिल्टन होटलको पुनर्बीमा प्रकरणमा नियम विपरीत काम गरेको ठहर गर्दै दुई बीमा कम्पनी, एक ब्रोकर कम्पनी र एक अधिकारीलाई कारबाही गरेको छ।
प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई सचेत गराइएको छ। यस्तै, हिमालयन रि–इन्स्योरेन्स र ओरिएन्टल इन्स्योरेन्सलाई जनही २–२ लाख रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी, एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनीको इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरिएको छ।
प्राधिकरणले सम्बन्धित कम्पनीहरूले बीमा ऐन र निर्देशन विपरीत हिल्टन होटलको जोखिम पुनर्बीमा गरी त्यसको दायित्व नेपाल पुनर्बीमा कम्पनीमा सार्ने प्रयास गरेको ठहर गरेको छ। सोही आधारमा बीमा ऐन, २०७९ अनुसार कारबाही गरिएको हो।


