काठमाडौँ: मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ। पछिल्लो साता सुनको मूल्यमा निरन्तर पहिरो गैरहेको हो।
मंगलबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ। पछिल्ला ६ दिनमा तोलामा सुनको मूल्य ३६ हजार रुपैयाँले ओरालो लागेको छ। सोमबार सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेको थियो। आइतबार १२ हजार ५००, शुक्रबार ७ हजार ८०० र बिहीबार पाँच हजार रुपैयाँले सुनको मूल्य घटेको थियो। यस्तै गत बुधबार सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घटेको थियो।
गएको माघ १५ गते सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले बढेको थियो। सो दिन सुन तोलामा तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै सबैभन्दा उच्च हो।
तर त्यसयता भने सुनको मूल्य ओरालिँदै गएको छ। त्यसयता सुनको मूल्य तोलामा ६५ हजार २०० रुपैयाँले घटिसकेको छ।
