२०८३ कार्तिक २३ गते आईतबार

आईजीन विवादको अन्त्यतर्फ, एकल प्रणाली लागू हुने संकेत

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, चैत ११
isin

काठमाडौं। धितोपत्र बजारमा लामो समयदेखि बहस र अन्योलको विषय बनेको ‘इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर’ (आईजीन) सम्बन्धी विवाद अब अन्त्यतर्फ पुगेको संकेत देखिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एउटै कम्पनीका सबै प्रकारका सेयरका लागि एउटै आईजीन नम्बर कायम गर्ने दिशामा स्पष्ट धारणा बनाएको उच्च स्रोतले जनाएको छ।

यसअघि सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै आईजीन नम्बर आवश्यक हुने सिफारिस गरेको थियो। विशेषगरी ‘लक–इन’ अवधिमा रहेका सेयरको अनधिकृत कारोबार रोक्न दोहोरो प्रणाली उपयुक्त हुने तर्क अघि सारिएको थियो। तर, बोर्डले भने यो तर्कलाई प्राविधिक रूपमा समाधान गर्न सकिने भन्दै अस्वीकार गरेको छ।

बोर्ड स्रोतका अनुसार सेयरको आधारभूत वर्गीकरणमा साधारण र अग्राधिकार मात्र रहने भएकाले संस्थापक र सर्वसाधारण सेयरलाई फरक पहिचान दिनु सैद्धान्तिक रूपमा उचित नहुने निष्कर्ष निकालिएको हो। ‘जब दुवै साधारण सेयरकै दायराभित्र पर्छन्, तिनीहरूलाई फरक आईजीन दिनु अनावश्यक जटिलता मात्र हो,’ स्रोतले भन्यो।

यो विषयमा पछिल्ला समय लगानीकर्ता समूह र विशेषगरी जलविद्युत् प्रवद्र्धकहरूबीच मतभेद देखिँदै आएको थियो। कतिपय लगानीकर्ताले दोहोरो आईजीन प्रणालीले पारदर्शिता बढाउने दाबी गर्दै आएका थिए भने प्रवद्र्धकहरू एकल प्रणालीकै पक्षमा थिए। अब बोर्डको पछिल्लो संकेतसँगै उक्त विवाद समाधानतर्फ उन्मुख भएको छ।

एकल आईजीन प्रणाली लागू भएमा एउटै कम्पनीको सेयरको एउटै पहिचान हुनेछ, जसले कारोबार प्रक्रिया, राफसाफ र अभिलेखीकरणलाई सरल बनाउने विश्वास गरिएको छ। यसले बजारमा देखिएको प्राविधिक जटिलता हटाउने मात्र नभई लगानीकर्ताको बुझाइलाई पनि सहज बनाउने अपेक्षा गरिएको छ।

लक–इन अवधिको निगरानीबारे उठेको प्रश्नमा पनि बोर्डले स्पष्ट दृष्टिकोण अघि सारेको छ। प्राविधिक प्रणालीभित्रै रहेर लक–इन अवधि ट्र्याक गर्न सकिने भएकाले फरक–फरक आईजीन आवश्यक नपर्ने निष्कर्ष निकालिएको हो। यसले डिजिटल पूर्वाधारको उपयोग गर्दै नियमनलाई थप प्रभावकारी बनाउने संकेत दिएको छ।

अब बोर्डले ‘धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका’ मा आवश्यक संशोधन गरी एकल आईजीन प्रणालीलाई औपचारिक रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ। यसअघि बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको फरक अभ्यासलाई समेत हटाउँदै सबै क्षेत्र—विशेषगरी जलविद्युत् लगायतका कम्पनीहरूमा एउटै मापदण्ड लागू गरिनेछ।

लामो समयदेखि निर्णयविहीन रहेको यो विषय अब अन्ततः निष्कर्षतर्फ पुगेको देखिन्छ। बोर्डको स्पष्ट अडानले बजारमा रहेको अन्योल हटाउने मात्र होइन, आगामी दिनमा धितोपत्र कारोबारलाई थप पारदर्शी, सरल र व्यवस्थित बनाउने विश्वास गरिएको छ।

प्रकाशित: २०८२ चैत ११ गते बुधबार ०७:४७
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना