एजेन्सी। भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी लिमिटेडले उत्पादन बढाउन लगानी विस्तार गरिरहेको छ। पछिल्लो चरणमा मारुती सुजुकीले गुजरातको खोराज औद्योगिक इस्टेटमा पाँचौं गाडी उत्पादन प्लान्ट स्थापना गर्न लागेको छ।
मारुती सुजुकीले गुजरातमा स्थापना गर्न लागेको एसेम्बली लाइनमा एक खर्ब भारतीय रुपैयाँ (भारु) लगानी गर्ने बताएको छ।
गुजरातमा स्थापना हुन लागेको एसेम्बली प्लान्टबाट वार्षिक दुई लाख ५० हजार सवारी साधन उत्पादन हुने भएको छ। कारखानाको पहिलो चरण बजारको अवस्था हेरेर आगामी सन् २०२९ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
मारुती सुजुकीले सेयर बजारलाई दिएको जानकारी अनुसार साढे दुई लाख युनिट गाडी उत्पादनका साथै पहिलो चरणका लागि लगानी र भविष्यका प्लान्टहरूको लागि केही सामान्य पूर्वाधार र सुविधाहरू समावेश छन्। लगानी आन्तरिक उपार्जनमार्फत गरिने कम्पनीले जनाएको छ। कम्पनीसँग हाल वार्षिक २४ लाख युनिट सवारी साधन उत्पादन गर्ने क्षमता छ।
मारुती सुजुकीले गुजरातको खोराज औद्योगिक इस्टेटमा जग्गा अधिग्रहण गर्न छुट्याएको ४९ अर्ब ६० करोड भारु भन्दा बढी हो। मारुती सुजुकीले गुरुग्राम, मानेसर, खारखोडा र हंसलपुरमा गाडी उत्पादन प्लान्ट सञ्चालन गरिरहेको छ।
यसको विद्यमान क्षमता हाल पूर्ण रूपमा प्रयोग भइरहेको र वार्षिक २६ लाख युनिट स्थापित क्षमता रहेको बताएको छ। यो लगानी निर्माण सुविधा स्थापना गर्नका साथै भविष्यमा साइटमा विस्तारको लागि साझा पूर्वाधार निर्माणमा जाने कम्पनीले जनाएको छ। अटोमेकर मारुती सुजुकीले बढ्दो घरेलु र निर्यात मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।
(द इकोनोमिक टाइम्सको सहयोगमा)


