२०८३ कार्तिक २३ गते आईतबार

नयाँ सरकारलाई सेयर बजारले गरेन हरियो स्वागत, उच्च अंकले घट्यो नेप्से

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १५
nepse4

नयाँ सरकार गठनपछि खुलेको सेयर बजारमा अपेक्षित उत्साह देखिएन। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७१ दशमलव ०५ अंकले घट्दै २८७९ दशमलव ११ विन्दुमा झरेको छ। यससँगै बजार पुन: २९ सय विन्दुमुनि झरेको छ।

नयाँ सरकार गठनसँगै बजारमा सकारात्मक ऊर्जा आउने अपेक्षा गरिएको थियो। विशेषगरी बालेन्द्र शाह नेतृत्वको सरकार र अर्थमन्त्री स्वर्णिम वाग्ले को आगमनले निजी क्षेत्रमैत्री नीति आउने आशा गरिएको थियो। सरकारले प्रारम्भिक रूपमा सुधारमुखी कार्यसूची पनि सार्वजनिक गरिसकेको छ।

तर बजारमा त्यसको प्रभाव देखिन सकेन। यसको मुख्य कारण पछिल्ला राजनीतिक घटनाक्रमलाई मानिएको छ। केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउपछि सुरु भएको राजनीतिक तनाव र आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बनाएको देखिन्छ। सरकारले सार्वजनिक गरेको सुधारमुखी एजेन्डाले दीर्घकालीन आशा देखिएकाले धेरै लगानीकर्ता तत्काल जोखिम लिनुभन्दा केही समय परिस्थितिको अवलोकन गर्ने रणनीतिसहित पर्ख र हेरको अवस्थामा देखिएको छन्।

कुल २५५ भन्दा बढी कम्पनीको मूल्य घट्दा १० वटा कम्पनीको मात्रै मूल्य सामान्य बढेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिडी पावर कम्पनी, सूर्यकुण्ड र भुजुङ जलविद्युत् लगायत कम्पनीको सेयरमूल्य बढेको छ। युनिक नेपाल लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अभियान लघुवित्त लगायतका कम्पनीमा उल्लेख्य गिरावट देखिएको छ।

बजार खुलेदेखि नै निरन्तर नेप्से ओरालो लागेको थियो।

यद्यपि आइतबार कारोबार रकम भने बढेको छ। यस दिन ३ करोड ५२ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार १५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा बढी हो। यसले बजारमा बिक्री चाप उच्च रहेको संकेत गर्छ।

आइतबार कारोबार भएका सबै समूहगत सूचकहरू घटेका छन्। फाइनान्स क्षेत्र सबैभन्दा बढी ३ दशमलव ३८ प्रतिशतले घट्दा बैंकिङ, विकास बैंक, लगानी, व्यापारलगायतका समूहहरू पनि २ प्रतिशतभन्दा बढीले घटेका छन्।

कारोबार रकमका हिसाबले रिडी पावर कम्पनीको ७० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यसपछि ङादी ग्रुप पावर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेशनल हाइड्रोपावर कम्पनीको सेयर पनि उच्च कारोबार भएको छ।

प्रकाशित: २०८२ चैत १५ गते आईतबार ०३:३५
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना