काठमाडौँ: नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा २५ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आएतबार दुई लाख ८६ हजारमा कारोबार भएको थियो।
यस्तै, चाँदी पनि २० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आज चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ।


