२०८३ कार्तिक २२ गते शनिवार

बैंकहरूमा अधिक तरलताको चाप, सीडी रेसियो ७३.८९ प्रतिशतमा झर्‍यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १६
cd

काठमाडौँः वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७३.८९ प्रतिशतमा झरेको छ। पछिल्लो समय कर्जा विस्तारमा देखिएको सुस्तता र निक्षेपमा भएको निरन्तर वृद्धिका कारण बैंकहरूको सीडी रेसियो क्रमशः घट्दै गएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चैत ११ गतेसम्म बैंकिङ प्रणालीमा कुल ७७ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। यस अवधिमा वाणिज्य बैंकहरूको मात्र निक्षेप ७० खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। यसै अवधिमा बैंकिङ प्रणालीबाट ५८ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको तथ्यांकले देखाउँछ। वाणिज्य बैंकहरूको कर्जा लगानी भने ५१ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ।

कर्जा प्रवाह सुस्त हुँदा बैंकिङ क्षेत्रमा ब्याजदर घट्दै गएको छ। वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ। यद्यपि सस्तो ब्याजदर हुँदा पनि निजी क्षेत्रले अपेक्षाकृत रूपमा ऋण लिई लगानी बढाउन सकेको छैन। बैंकहरुमा ९ खर्ब भन्दा बढी तरलता थुप्रियको छ। नेपाल राष्ट्र बैंक ले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि हालसम्म करिब ४ प्रतिशत मात्र कर्जा प्रवाह भएको छ।

तरलता बढेपछि राष्ट्र बैंकले बैंकहरुबाट तरलता प्रसोचन गरिरहेको छ। जेन्जी आन्दोलन पश्चात नीजि क्षेत्रले कर्जा लिएर लगानी गरिरहेका छैनन्। राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरूले निजी क्षेत्रतर्फ ४.२ प्रतिशत मात्र कर्जा प्रवाह गरेका छन्। व्यवसायीहरूको मनोबल कमजोर बनेको देखिन्छ। हालै देशमा नयाँ सरकार गठन भएको छ भने अर्थमन्त्री पनि व्यवसायीमैत्री नियुक्त भएका छन्। अब अर्थतन्त्र क्रमशः चलायमान हुने, कर्जा प्रवाह बढ्ने र बैंकहरूको तरलता व्यवस्थापन हुने अपेक्षा बैंकिङ क्षेत्रले गरेको छ। यसका लागि आवश्यक नीतिगत सुधार गर्नुपर्ने उनीहरूको भनाइ छ।

प्रकाशित: २०८२ चैत १६ गते सोमबार ०६:४२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना