काठमाडौँ: हिमालयन बैंक लिमिटेड ले संस्थापक समूहको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने भएको छ।
बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
उक्त प्रक्रिया पूरा भई नेपाल राष्ट्र बैंक बाट स्वीकृति प्राप्त भएपछि मात्र सो सेयर सर्वसाधारणमा रूपान्तरण गरिने बैंकले जनाएको छ।


