काठमाडौं। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँसम्म मूल्य बढेर आएको छ।
केही दिनअघि मात्र पेट्रोल र डिजेलमा न्यूनतम मूल्य समायोजन गरिएकाले उपभोक्तालाई थप आर्थिक भार नपरो भन्ने उद्देश्यले यी प्रमुख इन्धनहरूको खुद्रा मूल्य यथावत राखिएको निगमले जनाएको छ।


