काठमाडौँः नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयले दुई वटा मनी चेन्जर कम्पनीहरूको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ बमोजिम तोकिएको समयभित्र नवीकरण नगरेका कारण ती कम्पनीहरूको अनुमति खारेज गरिएको हो।
इजाजतपत्र रद्द गरिएका कम्पनीहरूमा विराटनगर–१५, मोरङमा रहेका श्री अमृत लक्ष्मी मनी चेन्जर प्रा.लि. र श्री सुपर फाइन मनी चेन्जर प्रा.लि. रहेका छन्।
यी संस्थाहरूले म्याद समाप्त भएको तीन महिनाभित्र नवीकरण प्रक्रिया पूरा नगरेकाले बैंकले इजाजतपत्र खारेज गर्ने निर्णय गरेको जनाएको छ।


