काठमाडौँ: काठमाडौँको कुलेश्वरस्थित गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन विष्ट पक्राउ परेका छन्।
सहकारीको ५ अर्बभन्दा बढी रकम अपचलन तथा ठगी भएको प्रकरणमा व्यवस्थापक विष्ट काठमाडौँबाट पक्राउ परेका हुन्।
पाँचथर घर भएका ४१ वर्षीय विष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
थप अनुसन्धानका लागि विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले जानकारी दिए।
