२०८३ कार्तिक २३ गते आईतबार

अबदेखि शुक्रबार सेयर बजार खुल्ने, आइतबार बन्द हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २३
nepse1

काठमाडौँ: अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबारको सट्टा शुक्रबार सेयर कारोबार हुने भएको हो।

आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिको बैठकले आइतबारको सट्टा शुक्रबार सेयर बजार खोल्ने निर्णय गरेको प्रवक्ता मुराहरि पराजुलीले बताए। आइतबार भने सेयर बजार तथा नेप्से कार्यालय बन्द रहनेछ।

पेट्रोलियम पदार्थको आपूर्ति असहज बन्दै गएपछि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार, चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिइनेछ। अन्य कार्यदिनमा भने सबै सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन्।

हालसम्म सेयर बजार आइतबारदेखि बिहीबारसम्म खुला रहँदै आएको थियो, जसमा हप्तामा ५ दिन कारोबार हुँदै आएको थियो। अब सरकारले आइतबार सार्वजनिक बिदा दिएपछि सो दिन कारोबार नहुने र त्यसको सट्टा शुक्रबार कारोबार हुनेछ।

यसअघि २०७९ सालमा पनि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यस समयमा पनि आइतबारको सट्टा शुक्रबार सेयर कारोबार गरिएको थियो। तर, परीक्षणकालका रूपमा लागू गरिएको यो निर्णय एक महिनामै फिर्ता लिइएको थियो।

अहिले पनि सोही अनुसार शुक्रबार सेयर कारोबार हुने भएको हो। हाल सेयर बजारसम्बन्धी विभिन्न नियमावली तथा विनियमावलीमा आइतबारदेखि बिहीबारसम्म कारोबार हुने उल्लेख भए पनि मन्त्रिपरिषद्को निर्णयका आधारमा ती व्यवस्था संशोधन नगरी शुक्रबार कारोबार सञ्चालन गरिने नेप्सेले जनाएको छ।

प्रकाशित: २०८२ चैत २३ गते सोमबार १०:४८
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना