२०८३ कार्तिक २३ गते आईतबार

बैंकहरूको नाफा ४३ अर्ब ८८ करोड माथि, नबिल शीर्ष स्थानमा, कुमारी बैंकको छलाङ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २४
Nepal Click

काठमाडौँ: वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्म समग्र नाफामा सुधार गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

यो गत वर्षको सोही अवधिको ४३ अर्ब ४९ करोड ६४ लाखको तुलनामा केही बढी हो। गत वर्षको तुलनामा यो वर्ष बैंकहरूको खुदनाफा ३८ करोड ८६ लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ वटाको मात्रै नाफा बढेको छ भने अन्य ११ बैंकको नाफामा गिरावट आएको छ।

सर्वाधिक कमाउने नबिल

सार्वजनिक गरिएको तथ्यांकअनुसार नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। नबिल बैंकले फागुन मसान्तसम्म ६ अर्ब ६ करोड ४१ लाख रुपैयाँ खुदनाफा कमाएको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा ४ अर्ब ७८ करोड रुपैयाँ मात्र थियो।

त्यसैगरी, ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहँदै ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ खुदनाफा कमाउन सफल भएको छ।

कुमारी र कृषि विकास बैंकको लोभलाग्दो वृद्धि

फागुनसम्म सबैभन्दा उत्साहजनक सुधार कुमारी बैंकमा देखिएको छ। गत वर्ष ९६ करोड ९१ लाख मात्र नाफा कमाएको कुमारी बैंकले यस वर्ष झण्डै २७५ प्रतिशतको वृद्धि गर्दै ३ अर्ब ६३ करोड रुपैयाँ नाफा पुर्याएको छ। कुमारी सबैभन्दा बढी प्रोभिजन गर्ने बैंक बन्दै आएको छ।

त्यस्तै, कृषि विकास बैंकले पनि आफ्नो नाफामा सुधार गरेको छ। गत वर्ष फागुन मसान्तसम्म ७ करोड ३८ लाख मात्र नाफा गरेको यस बैंकले यस वर्ष १ अर्ब २२ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८८ करोड र प्राइम कमर्सियल बैंकले २ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका छन्।

मन्दीकाबीच बैंकिङ क्षेत्रमा उत्साह

अर्थतन्त्रमा केही शिथिलता देखिए पनि बैंकहरूको नाफामा आएको यो सुधारले वित्तीय क्षेत्र विस्तारै लयमा फर्किँदै गरेको संकेत गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाहमा देखिएको सन्तुलन तथा बैंकहरूले खराब कर्जा व्यवस्थापनमा गरेको कडाइका कारण नाफामा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ।

यद्यपि, एनआइसी एशिया, लक्ष्मी सनराइज र नेपाल इन्भेष्टमेन्ट मेगा जस्ता केही वाणिज्य बैंकहरूको नाफामा भने गत वर्षको तुलनामा केही संकुचन आएको देखिन्छ।

प्रकाशित: २०८२ चैत २४ गते मङ्गलबार ०३:२५
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना