काठमाडौँः बुधबार (आज) सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७ हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ ।


