२०८३ कार्तिक १४ गते शुक्रबार

आरबीजी इन्टरनेसनल बन्यो टोरियन एमपीएसको आधिकारिक नेपाल बिक्रेता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २५
WhatsApp Image 2026-04-08 at 12.58.57

काठमाडौँ: क्रसिङ, स्क्रिनिङ तथा सामग्री प्रशोधन (मटेरियल प्रोसेसिङ) उपकरण निर्माण क्षेत्रमा विश्वस्तरमा परिचित कम्पनी टोरियन एमपीएस लिमिटेडले नेपालका लागि आफ्नो आधिकारिक बिक्रेताका रूपमा आरबीजी इन्टरनेसनल प्रालिलाई औपचारिक रूपमा नियुक्त गरेको छ।

यो साझेदारी होटल बराही प्लाजा, काठमाडौंमा आयोजित एक औपचारिक समारोहमार्फत सम्पन्न गरिएको हो। कार्यक्रममा टोरियन एमपीएस लिमिटेडका तर्फबाट ग्लोबल सेल्स डाइरेक्टर आनन्द मोहन तथा अन्तर्राष्ट्रिय बिक्री उपाध्यक्ष तरसेम पठानियाको उपस्थिति रहेको थियो।

त्यसैगरी, आरबीजी इन्टरनेसनल प्रालिका अध्यक्ष बलराम उपाध्याय, निर्देशक रवि रञ्जन कुमार तथा निर्देशक श्यामल झाको सहभागिताले यस सहकार्यप्रति कम्पनीको उच्चस्तरीय प्रतिबद्धता झल्काएको छ।

सन् २००५ मा स्थापना भएको टोरियन एमपीएस लिमिटेडले इन्जिनियरिङ उत्कृष्टता, उच्च कार्यसम्पादन र ग्राहककेन्द्रित समाधानमार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो सशक्त पहिचान बनाएको छ। हाल कम्पनीको उपस्थिति उत्तर अमेरिका, रुस, मध्यपूर्वलगायत विभिन्न बजारहरूमा विस्तार भइरहेको छ। नेपालमा यो नियुक्ति उच्च सम्भावना भएका बजारहरूमा आफ्नो उपस्थिति थप सुदृढ गर्ने रणनीतिक कदमका रूपमा लिइएको छ।

आरबीजी इन्टरनेसनल प्रालि सन् २०१९ मा स्थापना भएको कम्पनी हो। यसले नेपालभर एडमिक्स्चर केमिकल, निर्माण उपकरण, रेडिमिक्स कंक्रिटसम्बन्धी सामग्री तथा वाटरप्रुफिङ समाधानहरूमा सक्रिय रूपमा सेवा दिँदै आएको छ। प्राविधिक दक्षता र परियोजना–केन्द्रित कार्यशैलीका कारण कम्पनीले बजारमा विश्वसनीयता हासिल गरेको छ।

अब टोरियन एमपीएस लिमिटेडसँगको सहकार्यमार्फत आरबीजी इन्टरनेसनल प्रालि क्रसर प्लान्ट क्षेत्रमा प्रवेश गर्दैछ। कम्पनीले गुणस्तरीय उपकरणसँगै प्रभावकारी बिक्रीपछिको सेवा प्रणाली विकास गरी छिटो सेवा, न्यून डाउनटाइम र दीर्घकालीन भरपर्दो सञ्चालन सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

नेपालमा तीव्र गतिमा बढिरहेको जलविद्युत तथा पूर्वाधार विकाससँगै उच्च क्षमताका क्रसर प्लान्ट तथा सामग्री प्रशोधन उपकरणहरूको माग निरन्तर वृद्धि भइरहेको छ। यही आवश्यकतालाई सम्बोधन गर्न यो साझेदारी महत्वपूर्ण हुने विश्वास लिइएको छ।

यस सहकार्यले नेपालमा अत्याधुनिक क्रसिङ तथा स्क्रिनिङ समाधानहरूको पहुँच विस्तार गर्ने तथा देशको पूर्वाधार विकास र औद्योगिक प्रगतिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ चैत २५ गते बुधबार ०१:०३
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना