काठमाडौँ: सरकारले गत आइतबार सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय अस्पतालमा पनि लागू गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिएको छ। यससँगै सरकारी अस्पता पनि सातामा दुई दिन बन्द हुने भएपछि बिरामीहरू मारमा परेका छन्।
बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले पनि शनिबार र आइतबार बिदा हुने जानकारी दिएको छ।
बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै टिचिङमा पनि हप्ताको दुई दिन बिदा हुने जानकारी दिएको हो।
एक सूचना प्रकाशित गर्दै टिचिङ अस्पताल प्रशासनले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा हुने जनाएको छ।
शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ। अस्पतालका अनुसार ओपीडी र शल्यक्रिया सेवा भने अरु दिन पनि सञ्चालन हुनेछ।
प्रकाशित: २०८२ चैत २६ गते बिहिबार १२:५५