काठमाडौँः एपोलो हाइड्रोपावर लिमिटेडले आज (चैत्र २६ गते)देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता सेयर निष्काशन गरेको हो।
यस आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। सेयर निष्काशनको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।


