काठमाडौँः नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ४ हजार ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन तोलामा २ लाख ९९ हजार रुपैयाँ थियो ।
त्यस्तै,बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार ५ हजार २५ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
