काठमाडौँ: पछिल्ला वर्षहरूमा नेपालमा चिनी उद्योगमा लगानी बढ्दै गएको छ। निजी क्षेत्रको लगानीमा तीन चिनी उद्योग सञ्चालनमा आउने भएका छन्।
एक अर्ब ९७ करोड रुपैयाँ लगानीमा राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज सञ्चालनमा आइसकेको छ। यस्तै बर्दियाको राजापुरमै एक अर्ब ५० करोड रुपैयाँ लगानीमा पश्चिमाञ्चल सुगर इन्डष्ट्रिज प्रालि सञ्चालनमा आउने तयारीमा छ। उद्योग पूर्वाधार बनाउन डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
यस्तै वीरगञ्जको सुक्खाबन्दगराह नजिक विजयश्री सुगर मिल्स प्रालि पनि सञ्चालनमा आउने तयारीमा छ। उद्योग आउँदो छ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भएको छ। हालसम्म उद्योगको ९० प्रतिशत भौतिक प्रगति भएको छ।
उद्योग पूर्वाधार सन् २०२४ देखि सुरु भएको हो। उद्योगबाट वार्षिक ३३ हजार ७५० टन चिनी उत्पादन हुनेछ। उद्योगले चिनी उत्पादन थालेपछि वार्षिक १८ हजार ७५० टन मोलासेस र १० मेगावाट बिजुली उत्पादन गर्नेछ।
विजयश्री सुगर सन् २०२२ मा स्थापना भएको हो। उद्योगमा सबैभन्दा बढी हिस्सा कविता अग्रवालको छ। उनको ४४ प्रतिशत सेयर छ।
राजापुर सुगरको लागत बढेर दुई अर्ब पुग्यो, उद्योगले थाल्यो चिनी उत्पादन
चिनी उद्योग स्वाभाविक रूपमा चक्रीय रहन्छ र अनियमित वर्षा, कीराको प्रकोप, र बाली उत्पादन र पुनःप्राप्ति दरमा भिन्नता जस्ता कृषि जलवायु कारकहरूको सम्पर्कमा रहन्छ। ऊखु एक कृषि आधारित वस्तु भएकोले कुनै पनि प्रतिकूल मौसम अवस्था वा बालीको क्षतिले उखुको उपलब्धता र उत्पादन दक्षतालाई प्रत्यक्ष असर गर्छ।
आर्थिक वर्ष २०२४ र आर्थिक वर्ष २०२५ मा देखिएको चिनी पुनःप्राप्ती दरमा आएको गिरावटले यस क्षेत्रको यस्ता जोखिमहरूलाई देखाएको छ। आयातित चिनीबाट हुने प्रतिस्पर्धात्मक दबाबको जोखिममा स्थानीय उद्योगहरु छन्।
उच्च भन्सार शुल्कले पहिले स्थानीय उत्पादकहरूलाई मूल्य निर्धारण गर्न सहयोग गरेको थियो। तर हालै भारत सरकारले आर्थिक वर्ष २०२६ को बजेटमा चिनीमा आयात शुल्क ३० बाट १५ प्रतिशतमा घटाएको छ।
डेढ अर्ब लगानीमा पश्चिमाञ्चल सुगर इन्डष्ट्रिज आउँदै, ऊखु क्रसिङ क्षमता तीन हजार टन
यसले प्रतिस्पर्धालाई तीव्र बनाउने रउद्योगलाई मार्जिनमा दबाब दिने सम्भावना छ। नेपालको तराई क्षेत्र ऊखु खेतीको लागि उपयुक्त छ। ऊखु नेपालको नगद बाली मध्ये एक हो। सरकारले न्यूनतम समर्थन मूल्य तय गरेर उखु उद्योगलाई नियमन गर्दै आएको छ।
यो वर्षका लागि सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गरेको छ। चिनी र चिनी मिठाईमा आयात शुल्क ३० बाट घटाएर १५ प्रतिशत कायम गरिएको छ।
चोरी पैठारीले अझै नेपाली चिनी बिक्री नभएको उद्योगीहरुले बताएका छन्। नेपालमा आधा दर्जन बढी चिनी मिल सञ्चालनमा रहेका छन्। वार्षिक दुई लाख टन चिनी खपत हुने गरेको छ। नेपाली उद्योगहरुले वार्षिक डेढ लाख टन मात्र उत्पादन गर्दै आएका छन्।


