काठमाडौँः आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


