काठमाडौँः नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा ४०० सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मुल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भएको चाँदी सोमबार घटेर ४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।


