२०८३ कार्तिक १४ गते शुक्रबार

मधेशमा हुन्छ सबैभन्दा बढी घरजग्गा कारोबार, साढे दुईदेखि १० आना प्लटको माग उच्च

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ३०
eQmk’/sf] l;kf8f]ndf v]ltof]Uo hldg df;]/ ul/Psf] Knl6ª . tl:a/

काठमाडौँ: नेपाल राष्ट्र बैंकले घरजग्गा (रियल इस्टेट) कारोबारको प्रवृत्ति बुझ्न र यस क्षेत्रको वस्तुनिष्ठ विश्लेषण गर्न त्रैमासिक रूपमा तथ्याङ प्रकाशन सुरु गरेको छ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० लाई आधार वर्ष मानेर भूमि व्यवस्थापन तथा अभिलेख विभाग र आन्तरिक राजस्व विभागसँगको समन्वयमा तयार पारेको यो तथ्याङले घरजग्गा कारोबारको नयाँ प्रवृत्तिलाई उजागर गरेको छ।

प्रतिवेदनअनुसार घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रभाव देखिएको छ। वर्षको पहिलो त्रैमास (मनसुन र चाडपर्वको समय) मा कारोबार केही सुस्त हुने गरे पनि तेस्रो र चौथो त्रैमासमा भने कारोबारले गति लिने गरेको छ। आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमाससम्म आइपुग्दा कूल चार लाख ५६ हजार वटा लिखत पारित भएका छन्।

प्रदेशगत अवस्था

भौगोलिक आधारमा घरजग्गा कारोबारको चित्र फरक देखिएको छ। जग्गा किनबेचको संख्या र क्षेत्रफलका आधारमा मधेश प्रदेश लगातार अग्रस्थानमा रहेको छ। त्यसपछि लुम्बिनी र कोशी प्रदेशमा धेरै कारोबार भएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबारको आकार सबैभन्दा न्यून छ।

कारोबार संख्यामा मधेश अगाडि भए पनि लगानी र मूल्यका आधारमा बागमती प्रदेशको वर्चश्व देखिएको छ। बागमतीमा मात्रै चौथो त्रैमासमा ५१ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ। राष्ट्रिय स्तरमा कूल कारोबार मूल्य सोही अवधिमा एक खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

जग्गाको आकार र प्राथमिकता

नेपाली बजारमा २.५ देखि १० आना बीचका प्लटहरू सबैभन्दा बढी किनबेच हुने गरेका छन्। यद्यपि, मधेश प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला प्लटहरूको कारोबार बढी भएको देखिन्छ। जसले त्यहाँ औद्योगिक वा कृषि प्रयोजनका लागि जग्गा खरिद गर्ने प्रवृत्ति रहेको देखाउँछ। महानगर तथा उप–महानगर क्षेत्रमा भने ५ देखि १० आना आकारका घडेरीमा आकर्षण बढी छ।

घरजग्गा कर्जामा ठूलो वृद्धि

पछिल्ला ५ वर्षमा बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा रियल–स्टेट कर्जा १.७ गुणा बढेर एक खर्ब ६० अर्बबाट दुई खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। यो ७२.४१ प्रतिशतको वृद्धि हो।

त्यस्तै, व्यक्तिगत आवासीय घर कर्जा पनि १.६ गुणा बढेर दुई खर्ब ५८ अर्बबाट चार खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। यो ६१.५५ प्रतिशत वृद्धि हो। बैंकहरूले घरजग्गामा प्रवाह गर्ने कर्जाको औसत त्रैमासिक वृद्धि दर १२.४८ प्रतिशत देखिएको छ।

महानगरहरूको स्थिति र राजस्व

महानगरपालिकाहरूमध्ये भरतपुर महानगरपालिका संख्याका आधारमा सबैभन्दा धेरै कारोबार हुने क्षेत्र बनेको छ। काठमाडौं र ललितपुरमा भने जग्गाको मूल्य अत्यधिक महँगो भएका कारण कारोबार संख्या कम भए पनि कारोबार रकम निकै उच्च रहने गरेको छ। महानगरहरूमा हुने कारोबारको कुल मूल्य सात अर्बबाट बढेर १९ अर्ब रुपैयाँ पुगेको छ।

यस्तै, सरकारी राजस्वमा पनि सुधार देखिन थालेको छ। २०७९/०८० मा ८ अर्ब रुपैयाँमा झरेको त्रैमासिक राजस्व आर्थिक वर्ष २०८१/०८२मा १० देखि १५ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ।

आगामी योजनाः घरजग्गा मूल्य सूचकांक

राष्ट्र बैंकले अब घरजग्गा बजारको थप वैज्ञानिक विश्लेषणका लागि ’घरजग्गा मूल्य सूचकांक’ तयार गर्ने प्रक्रिया अघि बढाएको छ। यसले भविष्यमा जग्गाको मूल्यमा आउने उतारचढावलाई मापन गर्न र नीति निर्माणमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ चैत ३० गते सोमबार ०१:४७
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना