काठमाडौँ: एनसेल र हिमालयन जाभा कफीबीच व्यावसायिक सम्झौता भएको छ। नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउने भएका छन्।
रु ४९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने छन्। सम्झौताअनुसार तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्ने छन्।
२५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले रु. ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन्। यसबाहेक रु. ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने जानकारी एनसेलले दयिएको छ।
छुट अफरबारे आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘सम्बन्धहरूलाई राम्रा अनुभवहरुका साथ न् प्रगाढ बनाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं। हिमालयन जाभा कफीसँगको यो साझेदारीमार्फत हामीले हाम्रा ग्राहकहरूलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एक अर्कासँग जोडिन अनि जीवनका साना–साना खुसीहरू साट्न थप कारण दिइरहेका छौं। यो अफरले कफीको हरेक कपलाई अझ अर्थपूर्ण बनाँउछ।’
यो अफर उपयोग गर्न कुनै पनि किसिमको दर्ता प्रक्रियाको झन्झट लिन पर्दैन। एनसेलको सक्रिय योग्य प्याक वा रेन्टल प्लान भएको हुनुपर्छ। छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भीसेस’ भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरका लागि आफ्नो व्यक्तिगत योग्यता हेर्न सक्छन्। एउटा बिलमा एउटा मात्र छुट लागू हुन्छ र ग्राहकको योग्यताका आधारमा उपलब्ध सबैभन्दा धेरै छुट स्वतः लागू हुन्छ।


