२०८३ कार्तिक १४ गते शुक्रबार

बुटिक कन्सेप्टमा महाराजगञ्जमा अरिन हस्पिटल सञ्चालनमा आउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३
arin_hospital

काठमाडौं। काठमाडौंको महाराजगञ्जमा स्थापना गरिएको अरिन अस्पताल ‘बुटिक हस्पिटल’ अवधारणासहित छिट्टै पूर्ण रुपमा सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

२५ शैयाको बहु–विशेषज्ञ (मल्टिस्पेसियालिटी) अस्पतालले सानो संरचनाभित्र उच्चस्तरीय, प्रविधिमैत्री र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा छाला रोग विशेषज्ञ तथा अस्पतालकी मेडिकल डाइरेक्टर डा.लैला लामा ताङ्बेतानीका अनुसार अस्पतालको मुख्य उद्देश्य सीमित शैयाभित्र अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउनु रहेको जानकारी दिइन्।

‘हाम्रो अस्पताल सञ्चालनको भनेको बुटिक हस्पिटलको कन्सेप्टमा अगाडि बढेका छौं। साइज सानो, बेडको संख्या कम भए पनि क्वालिटी अफ केयर हाइएस्ट दिनु हाम्रो उद्देश्य हो,’ उनले भनिन्।

उनको अनुसार अस्पताल पूर्ण रूपमा डिजिटल प्रणालीमा सञ्चालन हुनेगरी विकास गरिएको छ। बिरामी दर्तादेखि उपचार प्रक्रिया, परीक्षण रिपोर्ट र अभिलेख व्यवस्थापनसम्म सबै डिजिटल माध्यमबाट सञ्चालन गरिनेछ। दीर्घकालमा अस्पताललाई पूर्ण रूपमा ‘पेपर–फ्री’ बनाउने योजना छ।

उनले भनिन्,‘हामी पूर्ण रूपमा डिजिटल रूपमा अपरेट हुने अस्पताल बनाउँदैछौं। पेपर–फ्री बनाउने लक्ष्य हो। पेसेन्टको इन्फर्मेसनदेखि लिएर टेस्ट रिपोर्टसम्म सबै डिजिटलाइज हुनेछ।’

अस्पतालले उपचारसँगै बिरामीलाई अस्पतालजन्य संक्रमणबाट जोगाउने कुरालाई उच्च प्राथमिकता दिएको जनाएको छ। स्वच्छता, स्टरलाइजेसन प्रविधि र सुरक्षित उपचार वातावरणमा विशेष ध्यान दिइनेछ।
‘पेसेन्ट यहाँ उपचार गर्न आउँदा संक्रमण लिएर जानु हुँदैन भन्ने मुख्य प्राथमिकता हो। त्यसैले स्टरलाइजेसन टेक्निक र क्लिनलिनेसमा विशेष फोकस गरेका छौं,’ उनले भनिन्।

विशेषगरी जोइन्ट रिप्लेसमेन्ट सर्जरी तथा कस्मेटिक एवं प्लास्टिक सर्जरीमा केन्द्रित भएर सेवा दिने जनाएको छ। यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका दुईवटा मोड्युलर अपरेशन थिएटर तयार गरिएको डाइरेक्टर ताङ्बेतानीको भनाई छ।
यसमा थप्दै उनले भनिन्,‘हाम्रो मोर फोकस अपरेटिभ ट्रिटमेन्टमा छ। विशेषगरी जोइन्ट रिप्लेसमेन्ट सर्जरी र कस्मेटिक सर्जरीमा छ। त्यसका लागि इन्टरनेसनल स्ट्यान्डर्डका ओटी तयार गरेका छौं।’

उनका अनुसार आगामी दिनमा एआई–आधारित असिस्टेड टेक्नोलोजी तथा रोबोटिक सर्जरीसमेत सेवा भित्र्याउने योजना छ। अस्पतालमा जनरल मेडिसिन, पल्मोनोलोजी, कार्डियोलोजी, इन्डोक्राइनोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, डर्माटोलोजीलगायत विभिन्न चिकित्सा सेवा उपलब्ध हुनेछन् । साथै अर्थोपेडिक, ग्यास्ट्रो, युरो, ईएनटी तथा अन्य शल्य सेवाहरू पनि सञ्चालन गरिनेछ।

‘हामीले सानो सेटअपमा नै मेडिकल र सर्जिकल सब–स्पेसालिटी सबै सेवा दिने योजना बनाएका छौं,’ उनले भनिन्।
डा. ताङ्बेतानीका अनुसार अस्पतालले बिरामी र उनका आफन्तलाई अनावश्यक झन्झटबाट मुक्त गराउने गरी सेवा प्रणाली विकास गरेको जनाएको छ । एउटै स्थानमा परामर्श, परीक्षण र उपचार उपलब्ध हुने व्यवस्था मिलाइनेछ। ‘पेसेन्ट र पेसेन्ट पार्टीले आफैं भागदौड गर्न नपरोस् भन्ने हिसाबले सेवाको डिजाइन गरेका छौं।’

बहु–विशेषज्ञ चिकित्सकीय सेवा

अरिन हस्पिटलमा विभिन्न विधाका चिकित्सकीय सेवाहरू अन्तर्गत विशेषज्ञ परामर्श र उपचार उपलब्ध हुनेछ। यहाँ आउने बिरामीहरूले अनुभवी चिकित्सकबाट रोग पहिचान, उपचार, रोग व्यवस्थापन तथा आवश्यक परेको खण्डमा सम्बन्धित विशेषज्ञकहाँ सहज रेफरल सेवा प्राप्त गर्नेछन्।

अस्पतालमा बहिरंग परामर्श तथा चिकित्सकीय सेवा उपलब्ध हुनेछ । त्यस्तै, जनरल मेडिसिन, पल्मोनोलोजी, कार्डियोलोजी, हेपाटोलोजी, इन्डोक्राइनोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, युरोलोजी, डर्माटोलोजी, अप्थाल्मोलोजी, मनोरोगविज्ञान, रुमाटोलोजीलगायतका सेवाहरु उपलब्ध गराइने अस्पताल प्रशासनको भनाइ छ।

यस्ता सेवाहरूले आकस्मिक प्रकृतिका रोगदेखि दीर्घकालीन जटिल स्वास्थ्य समस्यासम्मको पहिचान, उपचार र दीर्घ व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नेछन्।

हस्पिटलले विभिन्न शल्य विधामा पनि विशेषज्ञ सेवा प्रदान गर्ने जनाएको छ। जसमा अर्थोपेडिक सर्जरी, प्लास्टिक तथा कस्मेटिक सर्जरी, स्त्री तथा प्रसूति शल्य सेवा, ईएनटी (कान, नाक, घाँटी) सर्जरी, युरोलोजिकल सर्जरी, ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी उपलब्ध गराइने जनाइएको छ।

अस्पतालका चिकित्सकसँग परामर्शका लागि आउने बिरामीलाई थप मूल्याङ्कन वा शल्य उपचार आवश्यक परेमा सम्बन्धित शल्य विशेषज्ञकहाँ सहज, छिटो र समन्वित प्रणाली अगाडि बढाइएको अस्पतालले जनाएको छ।

हस्पिटलको बहिरंग सेवा विभाग (ओपीडी) बिरामीका लागि परामर्श, रोग पहिचान र उपचार योजना तय गर्ने प्रमुख प्रवेश बिन्दु मानिएको छ।

हस्पिटलमा आधुनिक शल्य मापदण्डअनुसार निर्मित अत्याधुनिक मोड्युलर अपरेशन थिएटरहरू रहने र जसले निष्कलंकता, सुरक्षा र सटीकतालाई उच्च प्राथमिकता दिने हस्पिटल प्रशासनको दाबी छ।

यस्ता शल्य कक्षहरूमा जोइन्ट रिप्लेसमेन्ट सर्जरी, कस्मेटिक सर्जरी, न्यून चिरफारबाट गरिने शल्य प्रक्रिया तथा अन्य जटिल शल्य उपचारहरू सञ्चालन गर्न सकिनेछ। अस्पतालको प्रयोगशाला सेवा नेसनल रेफरेन्स लेबोरेटरीले (एनआरएल) व्यवस्थापन गर्ने जनाइएको छ।

इमेजिङ तथा निदान प्रविधि

अस्पतालमा हाल अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी (इको), डिजिटल एक्स–रे, एन्डोस्कोपी, कोलोनोस्कोपी, सिग्मोइडोस्कोपी, इलेक्ट्रोकार्डियोग्राफी, होल्टर मोनिटरिङ, पल्मोनरी फङ्सन टेस्ट सेवाहरू अस्पतालभित्रै एकीकृत रूपमा उपलब्ध हुने जनाइएको छ।

साथै अस्पतालमा पाँचवटा सुव्यवस्थित भर्ना क्याबिन समेत उपलब्ध गराइएको छ। साथै हस्पिटलमा १० शैयाको जनरल वार्ड पनि रहने जनाइएको छ। हस्पिटलमा पूर्ण रूपमा सुसज्जित आईसीयू र छुट्टै पोस्ट–अपरेटिभ रिकभरी क्षेत्र रहने जनाइएको छ। फिजियोथेरापी तथा पुनस्र्थापना सेवा प्राथमिकतामा राखिएको छ।

अस्पतालमा विशेषगरी जोर्नी तथा मांसपेशीसम्बन्धी चोटपटक, शल्यक्रियापछिको पुनस्र्थापना, खेलकुदजन्य चोट, दीर्घकालीन दुखाइसम्बन्धी समस्या, हिँडडुल वा गतिशीलतामा सीमितता, स्नायू तथा मांसपेशीसम्बन्धी समस्या, फिजियोथेरापी विभागको मुख्य उद्देश्य बिरामीलाई शारीरिक गतिशीलता पुनःस्थापित गराउने लक्ष्य लिएको जनाएको छ।

हस्पिटलले बिरामी र परिवारलाई उपचार प्रक्रियामा सहजता दिलाउन संरचित उपचार प्याकेजहरू पनि ल्याउने जनाएको छ। उपलब्ध प्याकेजहरूले परामर्शदेखि परीक्षण, शल्यक्रिया र पुनःस्थापनासम्मको सम्पूर्ण उपचार प्रक्रियालाई थप व्यवस्थित, स्पष्ट, अनुमानयोग्य र सुविधाजनक बनाउने लक्ष्य लिएको छ।

नेपालमा स्वास्थ्य सेवा दिने तरिका र बिरामीले स्वास्थ्य सेवा अनुभूति गर्ने ढाँचामै परिवर्तन ल्याउने दृष्टि रहेको र उन्नत चिकित्सकीय प्रविधि, विभिन्न विधाका अनुभवी विशेषज्ञ, तालिमप्राप्त स्वास्थ्यकर्मी र एकीकृत डिजिटल प्रणालीको संयोजनमार्फत अस्पतालले दक्ष, सुरक्षित र बिरामीमैत्री स्वास्थ्य वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित: २०८३ बैशाख ३ गते बिहिबार १०:३३
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना