काठमाडौँः नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार उक्त सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । बुधबार प्रतितोला ५ हजार २२० रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार बढेर ५ हजार २५० रुपैयाँ कायम भएको छ ।


