काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद नाफा ४.०७ प्रतिशत बढेको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.५१ प्रतिशत बढेर २२ करोड १५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन आम्दानी बढेर २५ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा बढेर १३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने १० करोड ७ लाख रुपैयाँ छ।
यस अवधिमा कम्पनी प्रति सेयर आम्दानी १०.५४ र प्रति सेयर नेटवर्थ १३९.३६ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ०.७८ प्रतिशतबाट घटेर ०.४८ प्रतिशतमा झरेको छ।
एक अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मितेरीको रिजर्भमा ३७ करोड ८३ लाख रुपैयाँ छ।


