काठमाडौँः नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख एक हजार रुपैयाँमा कारोबार भईरहेको छ । गत कारोबार दिन शुक्रबार सुन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार २२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


