२०८३ कार्तिक २३ गते आईतबार

‘पिक सिजन’मै कर्जा प्रवाह सुस्तः राजनीतिक स्पष्टता आए पनि लगानी किन बढेन?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ८
loan

काठमाडौँः सामान्यतया तिहारपछिको समयलाई आर्थिक गतिविधि तीव्र हुने र बैंक कर्जाको माग उच्च रहने ‘पिक सिजन’ मानिन्छ। तर चालु आर्थिक वर्षमा भने यो समयमै कर्जा विस्तार अपेक्षाभन्दा कमजोर देखिएको छ। पर्याप्त तरलता र घट्दो ब्याजदरका बाबजुद निजी क्षेत्रले ऋण लिन उत्साह नदेखाउँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा करिब २ खर्ब ४१ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ३ खर्ब रुपैयाँभन्दा बढी कर्जा गएको थियो। अहिले प्रणालीमा ९ खर्ब रुपैयाँभन्दा बढी तरलता रहेको अनुमान छ, जसलाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

बैंकरहरूका अनुसार यसपटकको सुस्ततामा आन्तरिक र बाह्य दुवै कारण जोडिएका छन्। वर्षको सुरुदेखि देखिएको राजनीतिक अन्योलले निजी क्षेत्रलाई नयाँ लगानी विस्तारमा रोकिराख्यो। चुनावअघि नीति कस्तो आउला भन्ने अन्योलका कारण धेरै व्यवसायीले निर्णय लिन सकेनन। अहिले सरकार गठन भइसके पनि बजेट र नीतिगत दिशाबारे स्पष्टता नआउँदा लगानीकर्ता अझै प्रतीक्षामा छन्।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ भन्छन्, ‘तिहारपछिको समय सामान्यतया कर्जा विस्तारको मुख्य समय हो। तर यसपटक राजनीतिक संक्रमणका कारण निजी क्षेत्रले लगानी बढाउन सकेन। नयाँ सरकार आएपछि केही आशा बढेको छ, तर बजेट नआउँदासम्म ठोस निर्णयमा जान लगानीकर्ता हिच्किचाइरहेका छन्।’

केन्द्रीय बैंकले कर्जा विस्तार बढाउन पछिल्लो समय विभिन्न नीतिगत लचकता अपनाएको छ। घरजग्गा र सेयर धितो कर्जाको जोखिम भार घटाइएको छ भने ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्‍याइएको छ। उत्पादनमूलक क्षेत्र, कृषि, सूचना प्रविधि तथा साना–मझौला उद्यम (एसएमई) मा कर्जा प्रवाह प्रोत्साहन गर्न जोखिम भार घटाउनेजस्ता कदम पनि चालिएका छन्। तर यी प्रयासले तत्काल प्रभाव पार्न सकेका छैनन्।

अर्कोतर्फ, निर्माण क्षेत्रको सुस्तताले समग्र अर्थतन्त्रलाई असर पारेको छ। सरकारी विकास खर्च अपेक्षाअनुसार हुन नसक्दा निजी क्षेत्रको गतिविधि पनि कमजोर बनेको छ। चालु आवका लागि विनियोजित ४ खर्ब ७ अर्ब रुपैयाँ विकास बजेटमध्ये नौ महिनामा करिब एक चौथाइ मात्र खर्च भएको तथ्यांकले देखाउँछ।

बाह्य परिस्थितिले पनि कर्जा मागमा दबाब सिर्जना गरेको छ। पश्चिम एसियामा जारी तनावका कारण इन्धन र कच्चा पदार्थको मूल्य बढेको छ, जसले निर्माण सामग्रीदेखि ढुवानी लागतसम्म महँगो बनाएको छ। लागत बढ्दा नयाँ परियोजना सुरु गर्न उद्योगीहरू जोखिम लिन तयार देखिँदैनन्। धेरैले ‘कन्स्ट्रक्सन होलिडे’ जस्तो अवस्था देखिएको टिप्पणी गरेका छन्।

इन्धन मूल्यमा छोटो अवधिमै उल्लेख्य वृद्धि हुँदा त्यसको प्रभाव आयात, उत्पादन र उपभोगमा परेको छ। बजारमा वस्तुको मूल्य बढेसँगै उपभोक्ताले खर्च घटाउन थालेका छन्, जसले आर्थिक चक्रलाई अझै मन्द बनाएको छ। यसले कर्जा मागमा प्रत्यक्ष असर पारेको बैंकरहरूको भनाइ छ।

खालिङका अनुसार राजनीतिक स्थायित्वतर्फ देश अघि बढेको संकेत सकारात्मक हो तर बाह्य वातावरण अझै अनिश्चित छ। उनले भने, ‘युद्धको प्रभाव कम भए र कच्चा पदार्थको मूल्य स्थिर भएमा मात्रै लगानीकर्ता सक्रिय हुन्छन्।’

हाल बैंकहरूले सम्भावित जोखिमका लागि २ खर्ब ९७ अर्ब भन्दा बढी रकम ‘लोन लस प्रोभिजन’का रूपमा छुट्याएका छन्। कर्जा असुली अपेक्षाअनुसार हुन नसक्दा बैंकहरूको नाफा र विस्तार क्षमता दुवै प्रभावित भइरहेको छ।

समग्रमा, तरलता प्रशस्त र ब्याजदर न्यून हुँदा पनि कर्जा माग नबढ्नु अर्थतन्त्रका लागि चिन्ताजनक संकेत मानिएको छ। राजनीतिक स्पष्टता, नीतिगत स्थिरता र अन्तर्राष्ट्रिय परिस्थिति सुधार भएमा मात्र आगामी महिनामा कर्जा प्रवाहले गति लिने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ बैशाख ८ गते मङ्गलबार १०:१३
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना