काठमाडौँः सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने वैशाख ८ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख ३ गतेदेखि सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर निष्काशन गरेको हो ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम अधिकतम ११ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। सेयर सूचीकरण पश्चात सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी हुने छ ।


