काठमाडौँः साताको तेस्रो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.९५ अंकले घटेर २ हजार ८०४.१७ विन्दुमा बन्द भएको हो ।
आज १ करोड ७५ लाख ८८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १० कम्पनीको सेयरमूल्य स्थिर छ ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेशनल हाइड्रोपावरको भएको छ । कम्पनीको मात्रै ४१ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


