काठमाडौँः एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाड मिति तय भएको छ।
बिक्री प्रबन्धक हिमालयन क्यापिटलले वैशाख ११ गते शुक्रबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीले चैत्र २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ८० हजार २ सय कित्ता आईपीओ निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।


